
शाहिदी र ओमरजाईको अर्धशतकमा अफगानिस्तानद्वारा भारतलाई बलियो लक्ष्य
काठमाडौं, २४ असोज । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत अहिले घरेलु टोली भारत र अफगानिस्तानबीच खेल भइरहेको छ ।


टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले भारतलाई २७३ रनको लक्ष्य दिएको छ । अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन बनायो ।

अफगानिस्तानका लागि कप्तान हस्मतुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए भने अजमतुल्लाह ओमरजाइले ६२ रन बनाए ।
भारतका जसप्रीत बुमराहले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए भने हार्दिक पान्ड्याले २ तथा शार्दुल ठाकुर र कूलदीप यादवले १-१ विकेट लिए ।
Comments

