
विश्वकपमा आज भारत र अफगानिस्तान खेल्दै
काठमाडौं, २४ असोज । आइसिसी एकदिवसीय विश्वकप अन्तर्गत आज घरेलु टोली भारत र अफगानिस्तानबीच खेल हुँदै छ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुने खेल दिउँसो सवा २ बजेदेखि सुरु हुने छ ।


भारतले पहिलो खेलमा पाँचपटकको विश्वविजेता अस्ट्रेलियामाथि जीत निकाल्दै सुखद सुरुवात गरेको थियो भने अफगानिस्तान बङ्गलादेशसँग पराजित भएको थियो ।

गत संस्करणको विश्वकपमा अफगानिस्तानले भारतलाईकडा चूनौति दिने क्रममा जीतको अत्यन्त नजिक पुगेर खेल गुमाएको थियो । भारतले ११ रनको जित निकालेको थियो ।
अफगानिस्तानले आज पनि भारतलाई चूनौति दिन सक्छ । अफगानिस्तानको स्पिन बलिङले राम्रो प्रदर्शन गरेमा भारत दबाबमा आउने छ ।
Comments

