५० वर्षअघिको फोटो शेयर गर्दै ओलीले भने- …अनि मेरो भयानक दुर्दिन सुरु भयो

काठमाडौं, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५० वर्ष अघिको आफ्नो तस्बिर सार्वजनिक गर्दै आफ्नो १४ वर्षे जेल जीवनको स्मरण गरेका छन्।

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा ओलीले वि.सं.२०३० सालमा साथी केआर खम्बुसँग खिचिएको आफ्नो तस्बिर पोस्ट गरेका हुन् । जुन तस्बिर ओली पञ्चायती व्यववस्थाले गिरफ्तार गर्नुअघि खिचिएको थियो। त्यतिबेला उनी २१ वर्षका युवक थिए।

‘आधा शताब्दी नै भएछ। आज भन्दा ५० वर्ष अगाडी, २०३० साल असोज २३ गते साँझ ६ बजे रौतहटको इनरबारीबाट कोपुवा जाँदैगर्दा गन्तव्यमा पुग्नु केही मिनेट अगाडी म गिरफ्तारीमा परेको थिएँ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसै क्षणपछिको १४ वर्ष मेरा लागि भयानक दुर्दिन सुरु भएका थिए।’ गिरफ्तारपछि आफूलाई चरम यातना दिइएको स्मरण पनि उनले गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘नेल- हत्कडी, गोलघरको चिसो छिंडी र बिरालोले छाउरा सारे झैं २५ पल्टको जेल सरुवा, अहिले एउटा रोमाञ्चक सम्झना मात्र बनेको छ । ती दिन, महिना र वर्षहरु, त्यो समय, त्यो प्रणाली र त्यसबेलाका पात्रहरु, भोगाइहरु फिल्मको रीलजस्तो याद आइरहन्छन्।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...