मेन्डिस र सदीराको शतकमा श्रीलंकाद्वारा पाकिस्तानलाई विशाल लक्ष्य

काठमाडौं, २३ असोज । भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्‍वकपअन्तर्गत आजको दोस्रो खेलमा श्रीलंका र पाकिस्तान खेलिरहेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई ३४५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३४४ रन बनायो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले ७७ बलमा १२२ रनको शतकीय पारी खेले । उनले १४ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै सदीरा समराविक्रमाले ८९ बलमा १०८ रन बनाए ।

पाकिस्तानका हसन अलीले ४ विकेट लिए भने हारिस राउफले २ विकेट लिँदा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शादाब खानले १-१ विकेट हात पारे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय