
बङ्गलादेशलाई इंग्ल्यान्डको विशाल लक्ष्य, मलानको शतक, बेयरस्टो र रुटको अर्धशतक
काठमाडौं, २३ असोज । भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत अहिले बङ्गलादेश र इंग्ल्यान्डबीच खेल भइरहेको छ ।


टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले बङ्गलादेशलाई ३६५ रनको विशाल लक्ष्य दिएको छ । इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३६४ रन बनायो ।

इंग्ल्यान्डका डेविड मलानले सर्वाधिक १४० रनको योगदान दिए । १०७ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै जो रुटले ८२ रन बनाए भने जोनी बेयरस्टोले ५२ रन बनाए ।
बङ्गलादेशका महेदी हसनले ८ ओभरमा ७१ रन खर्चेर ४ विकेट लिए भने शोरिफुल इस्लामले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए । तास्किन अहमद र कप्तान शाकिब अल हसनको नाममा १-१ विकेट रह्यो ।
Comments

