विश्‍वकपमा आज दुई खेल, इंग्ल्यान्ड र श्रीलंका पहिलो जीतको खोजीमा

काठमाडौं, २३ असोज । भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्‍वकपमा मङ्गलबार दुई खेल हुँदै छन् । पहिलो खेलमा इंग्ल्यान्ड र बङ्गलादेश खेल्दै छन् भने दोस्रो खेलमा श्रीलंका र पाकिस्तान आमनेसामने हुने छन् ।

इंग्ल्यान्ड र बङ्गलादेशबीचको खेल विहान पौने ११ बजेदेखि धर्मशालामा सुरु हुने छ । पहिलो खेलमा न्युजिल्यान्डसँग नमीठो हार व्यहोरेको डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड पहिलो जीतको खोजीमा हुने छ । बङ्गलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।

त्यस्तै पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो सवा २ बजेदेखि राजिव गान्धी क्रिकेट रङ्गशाला हैदराबादमा सुरु हुने छ । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो भने श्रीलंका दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

हिजोको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्लाई हराउँदै दोस्रो जीत हासिल गरेको थियो । विश्‍वकपको अंकतालिकामा न्युजिल्यान्ड २ खेलमा २ जीतसहित ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय