
रसुवामा मिनीट्रक दुर्घटना हुँदा तीनको मृत्यु, पाँच घाइते
रसुवा, २३ असोज । रसुवामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।


आमाछोदिङमो गाउँपालिका–२ नेसिङ खोलामा सोमबार साँझ नेसिङबाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो।
घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Comments

