
विश्वकपमा आज न्युजिल्यान्ड र नेदरल्यान्ड्स खेल्दै
काठमाडौं, २२ असोज । भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत आज एक खेल हुँदै छ ।


न्युजिल्यान्ड र नेदरल्यान्ड्स आमनेसामने हुँदै छन् । हैदराबाद स्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेल दिउँसो सवा २ बजेदेखि सुरु हुने छ ।

न्युजिल्यान्डले पहिलो खेलमा इंग्ल्यान्डमाथि शानदार जीत हासिल गरेको थियो भने नेदरल्यान्ड्स पाकिस्तानसँग पराजित भएको थियो ।
Comments

