अस्ट्रेलियाद्वारा भारतलाई मध्यम लक्ष्य

काठमाडौं, २१ असोज । भारतमा जारी एकदिवसीय विश्‍वकप क्रिकेट अन्तर्गत अहिले भारत र अस्ट्रेलिया खेलिरहेका छन् । अस्ट्रेलियाले भारतलाई २०० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा १९९ रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन बनाए भने डेभिड वार्नरले ४१ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिए भने जसप्रित बुमराह र कूलदीप यादवले २ २ तथा रविचन्द्रन अश्‍विन हार्दिक पान्ड्या र मोहम्मद सिराजले १ १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...