विश्‍वकपमा आज भारत र अस्ट्रेलिया खेल्दै

काठमाडौं, २१ असोज । भारतमा जारी आइसिसी एकदिवसीय विश्‍वकप अन्तर्गत आज उपाधिका दुई दाबेदार टोली आमनेसामने हुँदै छन् ।

घरेलु टोली भारत र सर्वाधिक सफल टोली अस्ट्रेलियाबीच आज खेल हुँदै छ । चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा हुने खेल दिउँसो सवा २ बजेदेखि सुरु हुने छ ।

भारत घरेलु भूमिमा दोस्रोपटक तथा समग्रमा तेस्रो उपाधि जित्‍ने अभियानका साथ विजयी सुरुवात गर्न चाहन्छ भने अस्ट्रेलियाले भारतलाई पहिलो खेलमै हराएर मनोबल उच्च राख्‍ने सोचमा हुने छ ।

यी दुई टोली विश्‍वकपमा १२ पटक आमनेसामने हुँदा ८ पटक अस्ट्रेलिया विजयी भएको छ भने चारपटक भारतले बाजी मारेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय