अफगानिस्तानलाई हराउँदै बङ्गलादेशको विजयी सुरुवात

काठमाडौं, २० असोज । भारतमा जारी एकदिवसीय विश्‍वकपमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ । बङ्गलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको हो ।

अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य बङ्गलादेशले ३४.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि नजमुल हसन शान्तोले अविजित रहँदै ५९ रन बनाए भने मेहदी हसन मिराजले ५७ रन बनाए । अपगानिस्तानका फजलहक फारुखी, नवीन उल हक र अजमतुल्लाह ओमरजाइले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रनमा अलआउट भएको थियो । रहमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाउँदा इब्राहिम जाद्रान र अजमतुल्लाह ओमरजाइले समान २२ रन बनाए ।

बङ्गलादेशका कप्तान शाकिब अल हसन र मेहदी हसन मिराजले ३ ३ विकेट लिँदा शोरिफुल इस्लामले २ तथा तास्किन अहमद र मुस्तफिजुर रहमानले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय