प्रधानमन्त्री प्रचण्डद्वारा बझाङमा भूकम्पको क्षति अवलोकन (तस्विरहरु)

बझाङ, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पले पुर्‍याएको क्षति अवलोकन गरेका छन्। शुक्रबार बिहान सेनाको हेलिकप्टरबाट बझाङ गएका प्रधानमन्त्री प्रचण्डले सदरमुकाम चैनपुरमा भूकम्पले पुर्‍याएको क्षति अवलोकन गरेका हुन्।

उनले त्यहाँका स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग भूकम्पबाट भएको क्षति र तत्काल राहतका लागि भएका कामहरूको जानकारी लिएका छन्।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद, विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल पनि बझाङ गएका छन्।

भूकम्पपीडितको अवस्था र तत्काल आवश्यक राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिई प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किसकेका छन्।

बझाङमा मङ्गलबार अपराह्न २:४० बजे र ३ः०७ बजे क्रमशः तालकोट चैनपुर केन्द्रविन्दू भएर ५.३ र ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यसयता चैनपुर र तालकोट केन्द्रबिन्दु भई कैयौं पराकम्प गएको छ।

तस्वीरहरु:

तस्विरहरुः प्रधानमन्त्रीको सचिवालय

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय