बझाङ केन्द्रविन्दु भएर गएराति पनि भूकम्प !

बझाङ, १९ असोज । बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएराति दुई पटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४३ तथा गएराति १२ः२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
गत मङ्गलवार दिउँसो पनि दुईपटक बझाङको तलकोट र चैनपुर केन्द्रबिन्दु भएर ५.३ र ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालको पश्चिमी भूभागमा केन्द्र बनाएर भूकम्प गइरहेका छन् ।

