सेनाको ट्रकले स्कुटरलाई ठक्कर दिँदा युवतीको ज्यान गयो

काठमाडौं, १९ असोज । काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

बिहिबार बेलुकी करिब ७ः३० बजेको समयमा भद्रकाली मोडमा नेपाली सेनाको प्र.३-०१–००१ ग ३७०५ नम्बरको ट्रकले बागमती प्रदेश ०२ ०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धान भइरहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय