विश्‍वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, १९ असोज । भारतमा जारी एकदिवसीय क्रिकेट विश्‍वकपअन्तर्गत शुक्रबार दोस्रो खेल हुँदै छ ।

आज पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुँदै छन् । खेल दिउँसो सवा २ बजेदेखि हैदराबादमा सुरु हुने छ ।

नेदरल्यान्ड्स विश्‍वकप छनौटमा उत्कृष्ट प्रदर्शन गरेर आएको टोली हो । नेदरल्यान्ड्सले कुनैपनि टोलीलाई चूनौति दिन सक्‍ने अनुमान गरिएको छ ।

यसअघि बिहिबार भएको पहिलो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डमाथि शानदार जीत हासिल गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...