यी जिल्लामा भारी वर्षा मापन, सतर्क रहन आग्रह

काठमाडौं, १७ असोज । केही दिनदेखि सक्रिय रहेको मनसुनले वर्षा गराउने क्रम जारी नै रहेको छ । बुधबार विहान पनि काठमाडौं उपत्यकालगायत देशका विभिन्‍न स्थानमा वर्षा भइरहेको छ ।

बाढी पुर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा ६ जिल्लामा ठूलो वर्षा भएकाले ती जिल्ला तथा आसपासका क्षेत्रमा बाढी तथा पहिरो जाने जोखिम देखिएको जनाएको छ ।

सूचना जारी गरी बाढी महाशाखाले धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्ला आसपास मध्यमदेखि भारीसम्म वर्षा भएकाले ती क्षेत्रमा सजगता अपनाउन आग्रह गरेको हो।

सूचनामा भनिएको छ– ‘पछिल्लो ३ घण्टामा धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्लाको आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको हुँदा उक्त स्थान भई बहने ससाना खोलामा जलसतह बढ्नसक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखीम रहेको हुनाले सतर्कता अपनाऔँ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...