नेपाललाई भारतको २०३ रनको लक्ष्य

काठमाडौं, १६ असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्‍वाटरफाइनलमा नेपालले भारतसँग खेलिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाउँदै २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतका लागि यशश्‍वी जैसवालले ४९ बलमा १०० रनको पारी खेले भने रिंकु सिंह १५ बलमा ३७ रनमा अविजित रहे ।

नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय