एसियाड क्रिकेटको क्‍वाटरफाइनलमा नेपालले भारतसँग खेल्दै

काठमाडौं, १६ असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्‍वाटरफाइनलमा नेपालले मङ्गलबार विहान बलियो टोली भारतसँग खेल्दै छ । हाङजाओमा हुने खेल विहान पौने ७ बजेदेखि सुरु हुनेछ ।

सोमबार भएको ड्र बाट नेपालले सेमिफाइनल प्रवेशका लागि भारत प्रतिस्पर्धीको रुपमा पाएको हो । नेपालले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतसँगथ खेल्न लागेको यो पहिलोपटक हो ।

भारतको सिनियर टोली अब केही दिनमा सुरु हुने एकदिवसीय विश्‍वकपका कारण उपलब्ध नभएकाले भारतले दोस्रो टोली पठाएको छ । भारतको उक्त युवा टोली पनि बलियो छ । अधिकांश राष्ट्रिय टोलीबाट खेलिसकेका र चर्चित आइपिएलमा उच्च प्रदर्शन गरिसकेका खेलाडी छन् ।

भारतको टोली: रुतुराज गायक्‍वाड (कप्तान), यशश्‍वी जैसवाल, रिंकु सिंह, प्रभसिमरन सिंह, जितेश शर्मा, तिलक वर्मा, शिवम दुबे, वासिङटन सुन्दर, राहुल त्रिपाठी, आकाश दीप, शाहबाज अहमद, अर्शदीप सिंह, मुकेश कुमार, रवि विश्‍नोई, आवेश खान

नेपालको टोली: रोहित पौडेल (कप्तान ),कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, करण केसी, प्रतिश जिसी, सोमपाल कामी, अविनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक यादव

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय