नेपाली कांग्रेस ओखलढुंगाका नेता खनालको निधन

काठमाडौ,१४असोज।नेपाली कांग्रेस ओखलढुंगाका पुराना नेता एवं जिल्ला समन्वय समितिका अध्यक्ष डिल्लीराम खनालको निधन भएको छ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति ओखलढुंगाका पुर्व उपसभापति तथा पुर्व महासमिती सदस्य समेत रहेका खनालको शनिबार राती काठमाडौ शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो।

खनालको निधनमा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सांसद रामहरि खतिवडा लगायत जिल्ला तथा प्रदेशका नेताहरूले दु:ख ब्यक्त गरेका छन् ।

कांग्रेस नेता बालकृष्ण दाहाल लेख्छन्-‘हाम्रो अविभावक कांग्रेस नेता खनालको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा शनिबार राती १०:३० मा भएको दुखद निधनबाट म अत्यन्त मर्माहत भएका छु !’
त्यसैगरी नेपाली कांग्रेस बागमती प्रदेश सदस्य नानु दाहाल, नेपाल तरुण दलका केन्द्रिय सदस्य लिलावल्लभ दाहाल लगायत नेताहरुले पनि खनालको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली दिएका छन् ।

पारिवारिक श्रोतका अनुसार आज पशुपति आर्यघाटमा बैदिक परम्परा अनुसार खनालको अन्तेष्टि गरिनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय