
दिपक खड्काको राजीनामाले कांग्रेसमा तरङ्ग
काठमाडौं, १३ असोज । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले सभापति पदबाट राजीनामा दिएपछि नयाँ तरंग पैदा भएको छ।


खड्काले पार्टी सभापति शेरबहादुर देउवासमक्ष जिल्ला सभापतिबाट राजीनामा बुझाएका हुन् । उनको राजिनामा स्वभाविक भन्दा कसैको स्वार्थमा आएको हुनसक्ने पार्टी बृत्तमा बहस चलेको छ।

यद्यपि उनले आफू निर्वाचित सांसद भएको कारण अधिकांश समय काठमाडौंमा नै बस्नुपर्ने बाध्यता भएकोले जिल्लामा पार्टीको संगठन विस्तारमा समय दिन नसकेको कारण राजीनामा दिएको स्पष्ट पारेका छन् । तर, कांग्रेसभित्र यस्ता धेरै सांसद छन जो पार्टी सभापति र प्रदेश तथा केन्द्रमा सांसद छन् । खड्काले राजिनामा दिएपछि उनलाई त्यो भन्दा लाभको अवसर लिन लागेको आरोप पनि लागेको छ।
पार्टी भित्र डा.शशांक कोइराला निकट मानिएका खड्काको राजीनामा भित्र ठुलै रहस्य रहेको पार्टी भित्र चर्चा सुरु भएको छ । डा.शशांक आगामी १५ औं महाधिवेशनमा हालका पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट सभापति उठ्ने बताइरहदा खड्काको राजिनामा ‘दाल मे कुछ काला’ जस्तो देखिन्छ।
उनले सभापति देउवालाई बुझाएको राजीनामापत्रमा भनिएको छ–‘म हाल प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएको कारण काठमाडौंमा नै धेरै समय बिताउनुपर्ने अवस्था छ । जसकाकारण जिल्लाको पार्टी संगठनलाई चाहेरपनि पर्याप्त समय दिन सकिरहेको छैन भन्ने मलाई अनुभूति भएको छ ।’
उनले पार्टी संगठन सुदृढ गर्न सहज होस भन्ने असल चाहानाले नै आफूले कांग्रेस जिल्ला कार्यसमितिको सभापतिबाट राजीनामा दिने निर्णय गरेको स्पष्ट पारेका छन् । उनले थप भनेका छन्–‘अतः मेरो राजीनामा स्विकृत गरी विधानबमोजिम जिल्लाका अन्य साथीहरुबाट सभापति चयन गरी पार्टी संगठन सुदृढीकरणमा परिचालन गर्नु गराउनुहुन अनुरोध गर्दछु ।’
Comments

