एमाले बागमतीको नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं, ११ असोज । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ। बिहिबार विहान पार्टी कार्यालय च्यासलमा मतदान सुरु हुने छ ।

एमालेले ४० वटा भोटिङ मेसिनको प्रयोग गरेर मतदान प्रक्रिया गर्दै छ । एमाले बागमतीमा १ हजार १६४ जना मतदाता रहेका छन् । ५ पदाधिकारीका लागि २६ जनाको उम्मेदवारी परेको छ भने केही केन्द्रीय सदस्य सर्वसम्मत भएको बताइएको छ।

अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, काठमाडौंका सानुकुमार श्रेष्ठ, रामेछापकै केशरबहादुर बुढाथोकी, नुवाकोटका केशव पाण्डे बीच प्रतिस्पर्धा हुँदै छ ।

अहिलेसम्म पनि दाबी विरोध नसकिएकाले दाबी विरोधपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने एक नेताले बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...