
साफ यु-१९ च्याम्पियनसिप: फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्दै
काठमाडौं, १० असोज । काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि आज नेपाल र भारत खेल्दै छन् । दशरथ रङ्गशालामा खेल साँझ साढे ५ बजेदेखि सुरु हुने छ ।


नेपालले माल्दिभ्समाथि शानदार जित निकाल्दै आफ्नो समूहको उपविजेता भएर सेमिफाइनलको यात्रा तय गरेको थियो । भारतले भने अर्को समूहको विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

नेपालले साविक विजेता भारतलाई हराउँदै उपाधि नजिक पुग्न चाहन्छ । प्रशिक्षक सुनिलकुमार श्रेष्ठले टोलीमा केही सुधारको आवश्यकता भएको र कमजोरी सुधार्दै भारतसँगको खेल जित्न बताएका थिए ।
आजै केहीबेरमा सुरु हुने पहिलो सेमिफाइनलमा पाकिस्तान र भुटान खेल्दै छन् ।
Comments

