प्रधानमन्त्री प्रचण्ड छोङछिङमा, सिपिसीका राजनीतिक ब्यूरो सदस्यसँग भेटवार्ता

काठमाडौं, ९ असोज । चीनको एक हप्ते औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम शहर छोङछिङमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरेका छन् ।

छोङछिङको स्टेट गेष्ट होटलमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले चियाचुन र आफूबीच पहिला पनि भर्चुअल्ली कुराकानी भएको र अहिले प्रत्यक्ष कुराकानी हुन पाउँदा खुसी लागेको बताउँदै छोङछिङ शहरले विगतमा दिएको राजनीतिक योगदान र हिजोआज विकास निर्माणमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताए ।

यस शहरले सामाजिक तथा आर्थिक प्रगतिका लागि स्पष्ट विचारका साथ लिइएका रणनीतिहरुको उनले प्रशंसा समेत गरे । भेटवार्तामा सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य चियाचुनले प्रधानमन्त्री प्रचण्डसँग विगतमा भएका गहिरो कुराकानीबाट उच्चस्तरको सम्बन्ध स्थापित भएको बताए ।

उनले प्रधानमन्त्री प्रचण्ड इटालीको भ्रमणमा रहेका बेला नेकपा माओवादी केन्द्रको निमन्त्रणामा आफूले नेपालको भ्रमण गरेको उल्लेख गर्दै सो भ्रमणका बेला पनि द्वीपक्षीय हितका बारेमा छलफल भएको बताए । उनले आपसी हित प्रबद्धनका लागि आफू सदैब तयार रहेको उल्लेख गरे ।

हेर्नुस् प्रधानमन्त्रीको छोङछिङ भ्रमणका थप तस्विरहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय