राष्ट्रपति पौडेल जनकपुर जाँदै

काठमाडौं, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुर जाँदै छन् । उनले जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।
यसअघि स्थगित भएको कार्यक्रमलाई निरन्तरता दिंदै राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुर जान लागेका हुन् ।
यसका साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।
पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरिएको छ ।

