साफ यु-१९ च्याम्पियनसिपः माल्दिभ्सलाई जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं, ८ असोज । काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत समुह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ ।
त्रिपुरेश्वरस्थिथ दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ।
समूह चरणको पहिलो खेलमा नेपाल बिहिबार पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

