
क्यानको सचिवमा पारस खड्का निर्वाचित
काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का निर्वाचित भएका छन् ।


शनिबार सम्पन्न केन्द्रीय साधारण सभामा भएको निर्वाचनमा ८५ मत खसेकामा ४८ मत ल्याएर पारस निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी प्रशान्त विक्रम मल्लले ३७ मत ल्याए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका पारसले क्रिकेटबाट सन्यास लिएको २ वर्षमै क्यानको सचिव पदमा पुग्न सफल भएका छन् ।
Comments

