बारामा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

बारा, २ असोज । बारामा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

सोमबार साँझ जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित पूर्वपश्चिम राजमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा उपमहानगरपालिका-११ घर भएका २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो ।

निजगढबाट पथलैया जाँदै गरेको प्र.न.३-०३-००१ प ००३९ नंको मोटरसाइकललाई वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको प्र.न.३-०१०-२२ च ३१९७ नंको पिकअप गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा ज्यान गएको हो ।

मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय मिलन बरुवालको निजगढमै उपचार भइरहेको छ। दुर्घटनापछि गाडी चालक काभ्रेका २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय