एसिया कपको फाइनल भिडन्त आज, भारत र श्रीलंकाबीच प्रतिस्पर्धा

काठमाडौं, ३१ भदौ । श्रीलंकामा जारी एसिया कप क्रिकेटको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि दुई सर्वाधिक सफल टोली भारत र श्रीलंका खेल्दै छन् ।

कोलोम्बोस्थित आर प्रेमादसा स्टेडियममा खेल दिउँसो सवा ३ बजेदेखि सुरु हुने छ । भारत आठौं र श्रीलंका सातौं पटक एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

सुपर फोरमा दुवै टोलीले २ २ खेल जितेर ४-४ अंकका साथ फाइनलमा स्थान बनाएका थिए । पाकिस्तान र बङ्गलादेश भने बाहिरिएका थिए । सुपर फोरमा यी दुई टोलीबीचको खेलमा भारत विजयी भएको थियो ।

श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो भने भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

यसपटकको एसिया कपमा नेपाल समेत सहभागी रहेको थियो । नेपाल समूह चरणमा पाकिस्तान र भारतसँग पराजित हुँदै अगाडि बढ्न सकेन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...