प्रशिक्षक उत्पादनका लागि बागमती प्रदेश क्रिकेट संघ र महानगरको सहकार्य

काठमाडौं, २९ भदौ । बागमती प्रदेश क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबीच क्रिकेट प्रशिक्षक उत्पादनका लागि सहकार्य हुने भएको छ ।

शुक्रबार बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का र काठमाडौंका मेयर बालेन शाहले क्रिकेट प्रशिक्षक तालिम सञ्चालन गर्न सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार काठमाडौंका थप ५० जना व्यक्तिलाई क्रिकेट प्रशिक्षक तालिम दिइने छ । तालिमको आयोजना बागमती प्रदेश क्रिकेट संघले गर्ने छ भने आवश्यक आर्थिक सहयोग महानगरले दिने छ ।

पारस खड्का केही साताअघि मात्रै बागमती प्रदेश क्रिकेट सं‌घको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसलगत्तै उनले यस कार्यक्रमको थालनी गरेका हुन् । यसले क्रिकेटको ग्रासरुट तहबाटै विकास हुने पारसले विश्‍वास व्यक्त गरेका छन् ।

बालेनले पनि आफूहरुले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्न लागेको तर उक्त स्थानमा क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव भएकाले यो सहयाेग गर्न लागेको बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पूर्वराजा ज्ञानेन्द्रसँगको भेट…

    म बाहिरबाट आएर घरको भर्‍याङ चढ्दै थिएँ, टेलिफोनको घण्टी सुनियो । कोठाभित्र पसेर टेलिफोन उठाएँ । त्यस बेलाका त्रिभुवन विश्वविद्यालयका...