पाकिस्तानमाथि भारतको विशाल जीत

काठमाडौं, २६ भदौ । श्रीलंकामा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा भारतले फराकिलो जीत हासिल गरेको छ । भारतले पाकिस्तानलाई २२८ रनले हराएको हो ।

भारतले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १२८ रनमा अलआउट भयो । पाकिस्तानका लागि फखार जमानले सर्वाधिक २८ रन बनाए । भारतका कुलदीप यादवले ५ विकेट लिँदा जसप्रीत बुमराह, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले १ १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट मात्र गुमाएर ३५६ रन बनायो । भारतका लागि विराट कोहली र केएल राहुलले नटआउट शतकीय साझेदारी गरेका थिए ।

कोहली १२२ रनमा अविजित रहँदा राहुल १११ रनमा अविजित रहे । यी दुईले तेस्रो विकेटका लागि २३३ रनको दोहोरो शतकीय साझेदारी गरे ।

आइतबारका लागि तय भएको खेल चल्दै गर्दा वर्षाले अवरुद्ध भएपछि रिजर्भ डे मा खेल पुनः सुचारु भएको थियो ।

भारतले फेरि आजै श्रीलंकाको सामना गर्दै छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय