कोहली र राहुलको शतकमा भारतद्वारा पाकिस्तानलाई विशाल लक्ष्य

काठमाडौं, २५ भदौ । श्रीलंकामा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको हो । भारतले निर्धारित ५० ओभरमा २ विकेट मात्र गुमाएर ३५६ रन बनायो । भारतका लागि विराट कोहली र केएल राहुलले नटआउट शतकीय साझेदारी गरे ।
कोहली १२२ रनमा अविजित रहँदा राहुल १११ रनमा अविजित रहे । यी दुईले तेस्रो विकेटका लागि २३३ रनको दोहोरो शतकीय साझेदारी गरे ।
आइतबारका लागि तय भएको खेल चल्दै गर्दा वर्षाले अवरुद्ध भएपछि आज रिजर्भ डे मा खेल पुनः सुचारु भएको हो ।

