एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने

काठमाडाैं, ७ भदाै । नेकपा एकीकृत समाजवादीले आगामी माघमा महाधिवेशन गर्ने भएकाे छ । पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशनको मिति तोकेको हाे ।
पार्टी गठन भएपछि पहिलोपटक महाधिवेशन हुन लागेको भएपनि उक्त महाधिवेशनलाई दशौं महाधिवेशन भनिएकाे छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले आगामी असोज महिनामा पार्टीको मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान चलाउने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । अभियानको विस्तृत योजना सचिवालयले गर्नेछ ।
बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
त्यसैगरी महाधिवेशन अघि पार्टीमा युवा सहभागिता बढाउने उद्देश्यले युवा विद्यार्थी लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

