पर्यटनमन्त्री किरातीलाई पितृशाेक

काठमाडाैं, ६ भदाै । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदसस्यसमेत रहेका मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान वीर अस्पतालमा निधन भएको हो।

उनी विगत दुई सातादेखि वीर अस्पतालमा उपचारत थिए। मन्त्री किराँतीले पनि सामाजिक सञ्जाल मार्फत् आफ्ना बुवाको निधन भएको जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘भर्खरै बुवाले धोका दिनुभयो! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो! उप्रान्त बुवा-आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा,’ ४३ वर्षअघि खिचिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै मन्त्री किराँतीले लेखेका छन्, ‘पितृत्व र मातृत्व छाति भित्र। आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं। तर, कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन। साह्रा नेपाली मेरो आमा बुवा हुन्। बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु। निशब्द छु, तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जलि!’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...