ललिता निवास प्रकरणः १८ अर्बभन्दा बढी बिगाे कायम

काठमाडाैं, ६ भदाै । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ अर्बभन्दा बढी बिगो कायम गरेको छ ।
संगठित रुपमा जग्गा घोटाला गर्नेहरुविरुद्ध १८ अर्बबढी बिगो कायम गरेर वकिल कार्यालयमा मङ्गलबार अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले जनाएकाे छ ।
७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाउँदै सीआईबीले जग्गा घोटालामा संलग्न भएका तर, हाल मृत्यु भइसकेकाहरुको सम्पतीबाट पनि बिगो भराउनु मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिएको छ ।
जग्गा घोटामा संलग्न २१ जनाको मृत्यु भएको छ । संलग्न मध्येका पूर्व मुख्य सचिव माधव घिमिरे दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ ।

