केपी ओली पक्राउ पर्दैछन्- मेटमणि चौधरी

काठमाडौं, ६ भदाै । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली धेरै जसो काण्डमा मुछिएको र छिट्टै पक्राउ पर्ने सत्ता पक्षीय एक जना सांसदले खुलासा गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता एवं सो पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले पुर्व प्रधानमन्त्री ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका हुन्। उनले सुन तस्करीदेखि अनेकौं काण्डमा ओलीको संलग्नता रहेको समेत आरोप लगाएका छन्।

पत्रकारहरुसँग कुरा गर्दै उनले सबै काण्डहरूमा अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको समेत बताए। पक्राउ पर्ने डरले नै एमाले अध्यक्ष ओलीकै निर्देशनमा उनको पार्टीले संसद अवरुद्ध गरिहेको समेत चौधरीले दाबी गरे।

‘मैले राष्ट्रपति निवासमा गृहमन्त्रीसँग भने सारा दुनियाँले नै यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिइसकेका छन्, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन्’ उनले भने-‘हामीले गृहमन्त्रीलाई ओली किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौँ अब ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले संसद् अवरोध गर्ने बखेडा झिकिरहेका हुन् ।यही वर्ष केपी ओलीलाई समात्छ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय