केशव स्थापितले एमाले छाडे

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टी छाडेका छन् । गएको स्थानीय निर्वाचनमा काठमाडौ महानगरपालिकाको मेयरमा पराजित भएपछि नै उनी पार्टीमा सक्रिय हुन चाहेका थिएनन् ।
पुर्व मेयर तथा प्रदेश मन्त्री समेत भैसकेका स्थापितले पार्टी केन्द्रिय कमिटीबाट अलग भएको बताएका छन् । स्थापितले नै पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुलाई गराएका थिए । उनकै अनुरोधलाई एमालेको सचिवालय बैठकले अनुमोदन गरेको हो।
नेता स्थापितको सम्बन्ध पार्टी भित्रका नेतासँग बिग्रदै गएको थियो। उनले पार्टी अध्यक्षदेखि अन्य नेताको आलोचना पनि गर्दै  आएका थिए। बागमती प्रदेश सांसद हुँदा मुख्यमन्त्री डोरमणी पौडेलले समेत उनलाइ मन्त्रीबाट बर्खास्त गरेका थिए भने काठमाडौका पुर्व मेयर विद्याशुन्दर शाक्यसंग समेत उनको सम्बन्ध राम्रो थिएन।२०४३ मा तत्कालीन नेकपा मालेबाट सक्रिय राजनीतिमा उदायका स्थापितले नेकपा माले र मार्क्सवादी एकीकरण भै नेकपा एमाले बनेपछि २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको महासचिव बन्ने अवसर पाएका थिए । जसको संस्थापक अध्यक्ष केपी ओली थिए।
२०५४ मा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका उनी २०६१ मा राजाको ‘टिके मेयर’ भए। त्यसपछि माओवादी पार्टी प्रवेश गरेका उनी पुनः एमाले मै फर्किए तर,२०७९ को स्थानीय निर्वाचनमा उनी बालेन शाह संग काठमाडौको मेयरमा पराजित भए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय