एमालेले समसामयिक विषयमा पत्रकार सम्मेलन गर्दै

file photo

काठमाडाैं, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (आइतबार) पत्रकार सम्मेलन गरी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ।

एमाले केन्द्रीय प्रचार विभागका अनुसार पत्रकार सम्मेलन एमालेको केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे आयोजना गरिनेछ। पत्रकार सम्मेलनमार्फत सुन तस्करी प्रकरण, संसद्‌मा आफैंले गरिरहेको अवरोधलगायत समसामयिक विषयमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा राख्ने कार्यक्रम छ।

‘संसद गतिरोध र समसामयिक विषयमा अध्यक्षज्यूले पार्टीको धारणा प्रस्ट पार्नुहुनेछ’, प्रचार विभाग प्रमुख  राजेन्द्र गौतमले भने।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय