प्रधानमन्त्री प्रचण्ड चितवनमा, दुई दिन घरमै आराम गर्ने

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन पुगेका छन् । पत्नी सीता दाहालको मृत्युपछि उनी पहिलोपटक गृह जिल्ला पुगेका हुन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक सोचेजस्तो उत्साह नहुनु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार सदन अवरुद्ध गर्नु जस्ता कुराले प्रधानमन्त्री तनावमा देखिन्छन् । सोही तनाव भुल्न र आगामी योजना बारे मन मन्थन र बिमर्श गर्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार साँझ चितवन पुगेका हुन् ।
दुई दिन सम्म चितवन स्थित आफ्नै घरमा बस्ने प्रधानमन्त्री प्रचण्डले पारिवारिक बाहेक अन्य भेटघाट र सार्बजनिक कार्यक्रम नराखेको भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी प्रचण्ड पुत्री रेनु दाहालले बताइन् । उनका अनुसार प्रधानमन्त्री दुई दिनसम्म चितवनमा रहेपनी कुनै औपचारिक कार्यक्रम छैन ।
प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा छिमेकीसंग गफ गर्दै थिए भने दिउँसो पनि कुनै कार्यक्रम तय भएको छैन। श्रीमती सीता दाहालको निधनपछि पहिलो पटक चितवन पुगेका उनलाई छिमेकी र पार्टी नेताकार्यकर्ताले सहानुभूति दिएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय