ललिता निवास प्रकरण :पुर्व प्रधानमन्त्रीद्वय माधव र बाबुरामको के हुन्छ ?

 

काठमाडौ।बहुचर्चित ललिता निवास प्रकरणमा नाम जोडिएका दुई पुर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईको बिषयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले बयान लिन्छ कि लिदैन ? भन्ने प्रश्न उब्जिएको छ।

यो प्रकरणमा मुछिएका सबैलाई छानबिन र बयान लिन नरोक्नु भन्ने सर्बोच्च अदालतको निर्णय पछि पुर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बिषयमा के होला भन्ने चर्चा बाहिर आएको हो। यद्यपि यी दुबै पुर्व प्रधानमन्त्रीले आफुहरु दोषी नभएको प्रष्टिकरण दिदै आएका छन् ।

सर्वोच्च अदालतको गत आइतबारको फैसलालपछि ललिता निवास प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्ने बाटो खुलेको हो। तर,फैसला आए लगत्तै पुर्व प्रधानमन्त्री नेपाल भने देश छाडेर युरोप पुगेका छन् । उनले युरोपबाटै ‘नबिराउनु,नडराउनु’ भन्दै आफू दोषी नभएको जिकिर गरेका छन् । यता,डा.भट्टराई भने ‘छानबिनको लागि सघाउन तयार छु’ भनिरहेका छन् ।
सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको इजालसले नीतिगत निर्णय पनि छानबिनमा आउनुपर्ने भन्दै फैसला गरेपछि पुर्व प्रधानमन्त्रीद्वयसम्म यो बिषय पुगेको हो । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु नेपाल र भट्टराई माथि अनुसन्धानका लागि बाटो खुला भएपछि सीआईबीले पूर्वप्रधानमन्त्रीद्धयलाई बोलाएर बयान तथा कागज गराउने तयारी गरेको बुझिएको छ।

उनीहरुको पालामा के–के भयो, त्यतिबेला कसरी सरकारी जग्गा व्यक्तिको नाममा पुग्यो, मन्त्रीपरिषद्ले त्यतिबेला गरेका निर्णयहरुले कसरी बिचौलियाले सरकारी जग्गा हडपेलगायतका विषयमाथि बयान लिने सीआईबीको तयारी रहेको स्रोतले बतायो।

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सिआइबीको हिरासतमा रहेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय