इमर्जिङ एसिया कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौं, ७ साउन । एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि भारत ‘ए’ र पाकिस्तान ‘ए’ खेल्ने छन् ।

भारत ए ले बङ्गलादेश ए तथा पाकिस्तान ए ले श्रीलंका ए लाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । पाकिस्तान ए प्रतियोगिताको साविक विजेता पनि हो ।

यसअघि समूह चरणमै आमनेसामने भइसकेका भारत र पाकिस्तान प्रतियोगितामा दोस्रोपटक भिड्दै छन् । समूह चरणको खेलमा भारत ८ विकेटले विजयी भएको थियो ।

भारत र पाकिस्तान भएकै समूहमा रहेको नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय