प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ

काठमाडौं, २ साउन । नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो दुरुपयोग गरेर सामाजिक सञ्जालमा राखेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री दाहालको फोटो ‘सम्पादन’ गरी भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाएको आरोपमा रुपन्देही देवदह नगरपालिका घर भइ बुटवल बस्ने ४९ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरिएको हो ।
कानुनले प्रतिबन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्द प्रयोग गरी प्रकाशन तथा प्रदर्शन गरेकाले पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।
पक्राउ रानालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

