पल शाहको मुद्दामा फैसलाको पुर्णपाठ: पीडितले भनिन् ‘निज निर्दोष छ’

काठमाडौं, १ साउन । एक वर्ष जेल जीवन बिताएपछि निर्दोष ठहर भई जेलमुक्त भएका नेपाली चलचित्रका नायक पल शाहको मुद्दामा अदालतको पुर्ण पाठ बाहिर आएको छ । पिडित भनिएकी बालिकाले नै ‘निज निर्दोष छ’ भनेर बकपत्र गरेपछि अभिनेता पल शाह जेलमुक्त भएको उच्च अदालत पोखराले पुर्ण पाठमा उल्लेख गरेको छ।

अदालतले आफ्नो फैसलाको पुर्णपाठमा पीडितले नै आरोपितको पक्षमा बकपत्र गरेपछी दोषी भन्न नमिल्ने भनेको छ । २०७८ फागुन १५ मा प्रहरी हिरासत पुगेका शाहलाई अदालतले पुर्पक्षका लागि जेल पठाएको र २०७९ फागुन १४ गते बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको बलात्कारको अभियोगमा सफाइ दिएको थियो । सफाइ दिने आदेशको पूर्णपाठमा यस्तो भनिएको छ-‘निज निर्दाेष छन् भन्ने समेत बेहोराबाट बकपत्रमा गरेको देखिन्छ । यसरी जो व्यक्ति पीडित भयो भनी जाहेरी दरखास्त परेको छ र आफू जबरजस्ती करणीको वारदातमा परि पीडित भएको भनी मौकामा कागज गर्दछिन् उनै व्यक्तिले अदालतमा उपस्थित भई आफू पीडित होइन, मेरो बुवाले अरुको उक्साहटमा जाहेरी दिएको र प्रतिवादीबाट कुनै प्रकारको यौन दुरुपयोग नभएको भनी सुरु अदालतमै जाहेरवाला निज पीडित कै पिता र नाबालिकाले बकपत्र गरेको स्थितिमा अभियोग दावी बमोजिमको जबरजस्ती करणीको वारदात भएको भन्न मिल्ने देखिएन।’

पूर्णपाठः

_high_7_605057

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय