सीता दाहालको अन्त्यष्टी, आर्यघाटमा थामीनसक्नु भिड (तस्विरहरु)

प्रतिक भट्ट

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्यष्टी पशुपति आर्यघाटमा सकिएको छ ।

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समेत रहेकी सीता दाहालको ६९ बर्षको उमेरमा बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो।

उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिएको र पति प्रचण्ड सहित छोरीहरू रेनु दाहाल र गंगा दाहालले दागबत्ती दिएका थिए।

उनको शव ल्याउनु अगाडि नै दाहसंस्कार स्थल पशुपतिमा भिड बढेको थियो । बिहान ८:३३ मा निधन भएपछि उनको शव ११ बजेदेखि दिउँसो २ बजे सम्म माओवादी केन्द्रिय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको थियो।

स्व.सीता दाहालको अन्तिम संस्कार हेर्न र श्रद्धाञ्जली दिनका लागि बागमती किनारमा माओवादी कार्यकर्ता र हजारौं सर्वसाधारण जम्मा भएका थिए ।

तस्विरहरु:

तस्विरहरु: प्रतिक भट्ट, परेवान्युज

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...