प्रचण्डको प्रश्न: प्रतिपक्षले माग्दाबित्तिकै राजिनामा दिनुपर्ने हो ?

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षीले राजीनामा माग्नेबित्तिकै दिनुपर्ने हो ? भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा समय लिएर सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अभिव्यक्तिबारे स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु नै लोकतन्त्र, संसदीय मान्यता हो त ? भनेर थपे ।
उनले आफूले पुस्तक विमोचनका सन्दर्भमा बोलेका कुरा त्यतिबेलै प्रष्टीकरण दिन चाहेको तर मौका नदिई संसद् अवरुद्ध गरिएको गुनासो गरे ।

