इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

 

काठमाडौं, २५ असार । आउँदो बिहिबारदेखि श्रीलंकामा सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । नेपाली टोली आजै श्रीलंका प्रस्थान पनि गरेको छ ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकाका हुँदैछ । नेपाल समूह बी मा पाकिस्तान ए, भारत ए र यूएईसँगै रहेको छ । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् ।

नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय