राष्ट्रपतिको उपचार खर्च ५५ लाख मागियो !

काठमाडौं, १९ असार । राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा खर्च भएको भन्दै राष्ट्रपति कार्यालयले अर्थ मन्त्रालयसँग ५५ लाख माग गरेको पत्र सार्वजनिक भएको छ।
यसअघि गत वैशाखमा राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बिज्ञप्ति जारी गरि राष्ट्रपतिको उपचार खर्च स्वयंले ब्यहोर्ने कुरा सार्वजनिक गरेका थिए।
राष्ट्रपति पौडेललाई गत बैशाख ६ गते श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत उपचारका लागि भारत लगिएको थियो। सोही उपचारको क्रममा खर्च भएको भन्दै अर्थ मन्त्रालयसंग ५५ लाख ६ हजार ४५४ माग गरेको हो।
हेर्नुहोस उपचार खर्च मागेको र आफैं व्यहोर्ने फरक-फरक पत्र :



