दुई अपराजित टोली साफको उपाधिका लागि भिड्दै

काठमाडौं, १९ असार । १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल २०२३ को उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि घरेलु टोली भारत र कुवेत खेल्दै छन् ।

बैंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा भारत र कुवेतबीचको फाइनल खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । यी दवै टोली फाइनलसम्म आइपुग्दा अपराजित छन् ।

सेमिफाइनलमा भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा हराएर फाइनलमा स्थान बनाउँदा कुवेतले बंगलादेशमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो ।

नेपाल भने भारत र कुवेतसँग पराजित भएर एक खेलअगावै समूह चरणबाटै बाहिरिएको थियो । पाकिस्तानमाथि सान्त्वना जीत निकालेको थियो ।

साफमा भारत सर्वाधिक सफल  टोली हो । यसपटक आमन्त्रित टोली कुवेत भारतलाई हराउँदै दबदबा अन्त्य गर्न चाहन्छ ।

समूह चरणमा यी दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय