विश्‍वकप छनौट: सातौं स्थानका लागि नेपाल र आयरल्यान्ड खेल्दै

काठमाडौं, १९ असार । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको सातौं स्थानका लागि आज नेपाल र आयरल्यान्ड खेल्दै छन् ।

हरारेको ताकासिङ्गा स्पोर्ट्स क्लबमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुने छ । खेलको विजेताले सातौं स्थान हासिल गर्ने छ भने पराजित हुने टोली आठौं हुने छ ।

प्रतियोगिताको समूह ए मा रहेकाे नेपालले एक खेल जित्दा तीन खेलमा पराजित भएको थियो भने समूह बी मा आयरल्यान्डले पनि समान नतिजा निकालेको थियो । जसका कारण पर्याप्त अंक नहुँदा दुवै टोली छनौटको अगाडि चरणमा बढ्न सकेनन् ।

श्रीलंका विश्वकपमा जाने पक्का भएको छ भने अब जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्डमध्ये एक टोली छनौट हुने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय