साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा
कुवेत, भारत, लेबनान र बङ्गलादेश सेमिफाइनलमा
काठमाडौं, १४ असार । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार समूह चरणका खेलहरु सकिएसँगै अन्तिम चार टोलीको टुङ्गो लागेको हो ।
समूह ए बाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरेको छ भने समूह बी बाट लेबनान र बङ्गलादेश अन्तिम चारमा प्रवेश गरे । कुवेत र लेबनानको यो साफमा पहिलो सहभागिता हो भने बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो ।
भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनलमा भारत र लेबनान तथा कुवेत र बङ्गलादेश खेल्ने छन् । दुवै सेमिफाइनल खेल आगामी शनिबार हुनेछन् । फाइनल खेल भने आगामी मंगलबार हुनेछ ।
नेपाल भने भारत र कुवेतसँग हार व्यहोर्दै समूह चरणबाट अगाडि नै बढ्न सकेन ।

