राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ जिल्लामा सांसद खटायो

रविलाई संसदीय दल,अरुलाई जिल्ला

काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी तोकिएको जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सह-महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार २१ सांसद मध्य सभापति समेत रहेका रवि लामिछानेलाई संसदीय दलको जिम्मा दिइएको छ भने अन्य सबैलाई जिल्ला भाग लगाइएको छ।

रास्वपा आशाको अभिमतले ठडिएको सशक्त पार्टी हो भन्दै बुर्लाकोटीले भनेका छन्-‘देशभरबाट सचेत नागरिकको साथ र समर्थनबाट पार्टीले एउटा उचाई बनाउँदैछ र यो क्रम निरन्तर जारी छ । देशको विद्यमान राजनैतिक परिस्थिति चुनौतिपूर्ण छ ।’

उनले भनेका छन्-‘एक अर्कामा खुट्टा तान्ने होडमा रहेका तमाम नेता र पद र सत्ताका लागि गठबन्धन गर्ने, नागरिकका सवालमा विमुख हुने दलहरुका कारण देश थप अस्थिरताको मार खेप्दै छ, जनता थिलथिलो भएका छन् । चरम बेथिति, भ्रष्ट्राचार, पट्यार लाग्दो सेवा विमुख प्रशासन, वर्षौं अलपत्र विकास योजना, झन्झटिला प्रक्रिया, कान थुनिएको न्याय प्रणाली, अटेरी व्यवस्था, विभेद, असमान आर्थिक उदारीकरण र तमाम जनभावना विरोधी गतिविधिले रुपान्तरणको खोजीमा हाम्रो आगमनलाई थप प्रतिक्षा गरिरहेको अवस्था छ र हामी मुलुकको सुशासन र समुन्नतितर्फ केन्द्रीत छौं ।’
यी तमाम नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसंँग देशभरका सचेत नागरिकहरुले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत् मुलुकको अवस्था बदल्नका लागि सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको व्यहोरा सबैलाई विनम्र सुचित गर्दछौं । अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देशहरु ह्वाट्सएपमा पठाउन र जवाफको प्रतिक्षा गर्नुहुन आम शुभेच्छुक नागरिकसंँग अनुरोध गर्दछौं ।

यस्तो छ रास्वपा कार्यविभाजन:

सम्पर्क नम्बर जिम्मेवारी तोकिएका जिल्लाहरु
१. श्री रवि लामिछाने ९८५१३६०५५५ सभापति, संसदीय दलको नेता
२. श्री डोल प्रसाद अर्याल ९८५१३३६७७४ बारा, धादिङ, कञ्चनपुर, कैलाली
३. श्री विराजभक्त श्रेष्ठ ९८६७४३७६०८ गुल्मी, दार्चुला, अछाम, पाल्पा
४. श्री सन्तोष परियार ९८५११४५०२२ भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा
५. श्री निशा डाँगी ९८६०१५१२४७ झापा, मोरङ, इलाम, सल्यान
६. श्री मनिष झा ९८५१०७३७७५ धनुषा, रौतहट, रुपन्देही, बझाङ
७. श्री गणेश पराजुली ९८५१०३९५६४ ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा
८. श्री सोबिता गौतम ९८६०६६०८२७ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट
९. श्री सुमना श्रेष्ठ ९८०१०८३५५२ रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)
१०. डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर
११. श्री शिशिर खनाल ९८५१२३४५६२ रोल्पा, दाङ, सर्लाही, सप्तरी
१२. श्री हरि ढकाल ९८५११६४१६८ सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर
१३. डा.स्वर्णिम वाग्ले ९८५५०६६१०७ गोरखा, पर्सा, बैतडी, तनहुँ
१४. डा.चन्दा कार्की ९८५१०२६७९३ भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी
१५. श्री असिम शाह ९८५१०९०४९३ काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,
१६. श्री लक्ष्मी तिवारी ९८५८०२३२८० प्युठान, परासी, बर्दिया, बाँके,
१७. श्री अशोक कुमार चौधरी ९८०४३२८००५ धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी
१८. श्री शिव नेपाली ९८५६०४४३७१ लमजुङ, म्याग्दी, पर्वत, कास्की,
१९. श्री बिनिता कठायत ९८४०८४०७४६ जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा
२०. श्री विन्दबासिनी कांसकार ९८४२०९६९४३ स्याङ्जा, बाग्लुङ, मकवानपुर

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय